जीवन प्रधानको स्वर तथा संगीतमा ‘घिन्ताङ घिन्ताङ’ रिलिज

जीवन प्रधानको स्वर तथा संगीतमा ‘घिन्ताङ घिन्ताङ’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक जीवन प्रधानको स्वर तथा संगीतमा ‘घिन्ताङ घिन्ताङ’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ । गायक प्रधानले क्रिसमसको अवसर पारेर दर्शक तथा श्रोतामाझ यो गीत ल्याएका हुन् ।

सार्वजनिक गीतमा गायक तथा संगीतका प्रधानका अलवा अनुप राई, सोनिदा प्रधान र आश्मा राईको स्वर छ । गीतको एरेञ्ज सुमन राईले गरेका हुन् । मिक्सिङ र मास्टरिङ सुवास राईको छ । गायक प्रधानको नै गीतमा शब्द रचना तथा कम्पोज रहेको छ ।

सोनिदा प्रधानको भिडियोको कन्सेप्ट हो भने छायांकन र सम्पादन इस्क जवेगुले गरेका छन् । भिडियोको निर्माण सनी प्रधान र सनीदा प्रधानले गरेका हुन् । भिडियोको ब्रान्डिङ बिक्की इन्टरटेनमेन्टले गरेको हो ।

गीतमा बाल कलाकार जेडीदह प्रधान तथा अवीगैल श्रेष्ठ, रुथमेरी श्रेष्ठ, रोजा राई, मेक्कल श्रेष्ठ र सोनिदा प्रधानलाई गीतको भिडियोमा डान्सरको रुपमा प्रस्तुत गरिएको छ ।