बाबु-छोरीको सम्बन्धको कथा ‘चित्रा’ टिजर रिलिज

बाबु-छोरीको सम्बन्धको कथा ‘चित्रा’ टिजर रिलिज

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – घनश्याम लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट २४ सेकेण्डको टिजर बाबु-छोरीको भावनात्मक सम्बन्धको वरिपरि घुमेको छ ।

बदलाको कथामा आधारित रहेको सिनेमाको सार्वजनिक टिजरले एक्सनलाई पनि प्राथमिकता दिइएको संकेत गर्छ । एक्सन कोरियोग्राफी टिजरमा आकर्षक छ । सिनेमामा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रमोद अग्रहरी, अर्पण थापा, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल लगायतको अभिनय छ ।

सन्तोष अधिकारी फिल्मस् तथा अस्याप इन्टरटेनमेन्ट अष्ट्रेलिया नेपालको सहकार्य रहेको सिनेमा आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । आशिष थापा मगर निर्माता तथा सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा सिनेमामा रहेका छन् ।

सिनेमामा राजनराज सिवाकोटीको शब्द तथा संगीत, अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा तथा संवाद लेखन, सम्राट बस्नेत र टिमको द्वन्द्व निर्देशन, बनिष शाह र सन्देश शाहको सम्पादन, महेश पौडेलको छायांकन छ । सिनेमालाई देशभर केदार पराजुलीको कम्पनी श्रीकृष्ण फिल्मस्ले वितरण गर्दैछ ।