दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा, मुख्य भुमिकामा रमेश, आँचल र सलोन

दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा, मुख्य भुमिकामा रमेश, आँचल र सलोन

अभिनेत्री आँचलले यो चलचित्रको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफु आतुर रहेको बताइन । अभिनेता रमेश उप्रेतीले चाहिँ अहिले नै आफुले ठूलो कुरा नगर्ने सिनेमाको छायांकन सकिएपछी सबिस्तार बोल्ने बताए ।

द सिनेमा टाइम्स
301
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दरबारको कथा समेटेर नेपाली सिनेमा ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिदै औपचारिक निर्माण घोषणा गरिएको हो ।

सुरावाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा सिनेमाको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने सिनेमामा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन । आँचलको भूमिका के हो र उनको जोडी को हो भन्ने कुरा निर्माण टिमले खुलाउन चाहेन ।

सिनेमामा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा खेल्दै छन भने मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले पनि यसै सिनेमाबाट अभिनयमा डेब्यु गर्दैछन । करिब चार करोड बजेटमा बन्ने भनिएको सिनेमाको माघ पहिलो साता देखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने छ ।

सिनेमामा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिरपरिचत अनुहार सहित रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो सिनेमाका अन्य चारित्रिक भूमिकामा देखिदैछन ।  पुरुषोत्तम प्रधानले खिच्ने सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरिले सङ्गीत भर्ने छन ।

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको ‘राजमहल’का मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन । त्यसैगरी सह-निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन ।

कार्यक्रममा निर्देशक तोलाङ्गीले सिनेमाको कथालाई न्याय गर्ने गरि आफुले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन भने अभिनेत्री आँचलले यो चलचित्रको कथा अनुसार उत्कृष्टता प्रदर्शन गर्न आफु आतुर रहेको बताइन । अभिनेता रमेश उप्रेतीले चाहिँ अहिले नै आफुले ठूलो कुरा नगर्ने सिनेमाको छायांकन सकिएपछी सबिस्तार बोल्ने बताए ।