लुम्बिनी प्रदेशको मन्त्री बने निर्माता तथा अभिनेता रोज राणा

लुम्बिनी प्रदेशको मन्त्री बने निर्माता तथा अभिनेता रोज राणा

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । आइतबार उनले उद्योग तथा यातायात मन्त्रीको जिम्मेवारी नेपाली कांग्रेसको तर्फबाट पाएका हुन् । उनले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबार सपथ लिएका हुन् ।

पहिलोपटक मन्त्री बनेका निर्माता राणा प्युठानबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाका निकट पात्र मानिन्छ रोज । प्रदेश सभा सदस्यमा निर्वाचन हुनुअघि उनी नेपाल चलचित्र निर्माता संघको महासचिव थिए । रोज करिब डेढ दशकदेखि सिनेमा क्षेत्रमा आबद्ध छन् ।

‘दादागिरी’बाट उनको सिनेमा निर्माण यात्रा सुरु भएको थियो । उनले ‘डन’, ‘खलनायक’, ‘महान’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ सिनेमामा अभिनय समेत गरेका छन् । उनले दुई सिनेमा ‘मेरो पैसा खोई ?’ र ‘जय परशुराम’को निर्देशन गरिसकेका छन् । राज्यको महत्त्वपूर्ण पदमा पुग्ने उनी पहिलो सिनेमाकर्मी हुन् ।

मन्त्री भएसँगै उनले तत्काल सिनेमा निर्माण गर्ने सम्भावना न्यून देखिन्छ । तर, रोजले लकडाउनपछि आफ्नो सफल सिनेमा ‘खलनायक’को दोस्रो श्रृंखला निर्माणको घोषणा गरेका थिए । राजनीतिमा उनको सक्रियता बढेपछि सिनेमा निर्माणको काम अगाडि बढ्न पाएको छैन ।