चैत्रबाट छायांकनमा जाँदै ‘बरिष्ठ बलराम’

चैत्रबाट छायांकनमा जाँदै ‘बरिष्ठ बलराम’

द सिनेमा टाइम्स
623
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता रोहित अधिकारी यतिवेला अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’को छायांकनमा व्यस्त छन् । यो सिनेमाको पहिलो चरणको छायांकन पोखरामा सकेर निर्माण टिम काठमाडौं फर्कीसकेको छ । सिनेमाको पोखराका विभिन्न ठाउँमा २७ दिनसम्म छायांकन गरिएको थियो ।

यो सिनेमाको बाँकी छायांकन काठमाडौं, अन्नपूर्ण बेसक्याम्प र इन्डोनेसियाको बालीमा गरेसँगै इन्डक्ल्याप गरिनेछ । त्यसपछि उनी सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण हुने सिनेमा ‘बरिष्ठ बलराम’को छायांकनमा व्यस्त हुनेछन् । निर्माता अधिकारीले ‘फर्की फर्की’ र ‘बरिष्ठ बलराम’को छायांकन एकसाथ गर्ने तयारी गरेका थिए ।

निर्माता अधिकारी अब ‘बरिष्ठ बलराम’को छायांकन आगामी चैत्र तेस्रो साताबाट गर्ने तयारीमा छन् । उनले ‘फर्की फर्की’को छायांकनका कारण ‘बरिष्ठ बलराम’को छायांकन केही समयपछि धकेलिएको भएपनि अब घोषित मितिमै छायांकनमा जाने बताए । उनले यी दुवै सिनेमाको प्रर्दशन मिति समेत घोषणा गरिसकेका छन् ।

अनमोल केसी र जसिता गुरुङको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’ अर्को वर्षको जेष्ठ ११ गतेबाट प्रदर्शनमा आउनेछ । भने, खगेन्द्र लामिछाने, दयाहाङ, माओत्से गुरुङ र दिव्या रायमाझिको मुख्य भुमिका रहेको सिनेमा ‘बरिष्ठ बलराम’ अर्को वर्षको तीजमा रिलिज हुनेछ । यही सिनेमाबाट अभिनेता दीलिप रायमाझिकी छोरी दिव्याले नेपाली रजतपतमा डेव्यु गर्दैछिन् । यो सिनेमाको छायांकनको लागि उनी केही समयमा नेपाल आउँदै छिन् ।

निर्देशक पौडेलले ‘बरिष्ठ बलराम’को छायांकन तराईमा गर्नु पर्ने भएकाले पनि चैत्रलाई सारिएको बताए ।