नीताको ‘ह्रस्व दीर्घ’मा जोडिए यी चर्चित ४ कलाकार, चितवनमा धमाधम छायांकन हुँदै

नीताको ‘ह्रस्व दीर्घ’मा जोडिए यी चर्चित ४ कलाकार, चितवनमा धमाधम छायांकन हुँदै

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कालाकार लाइनअपमा थप चात कलाकार जोडिएका छन् । सिनेमामा प्रशान्त ताम्राकार, संचिता लुईटेल, किरण केसी तथा बुद्धि तामाङ अनुबन्धित भएका छन् ।

हाल सिनेमाको चितवनमा धमाधम छायाँकन भइरहेको छ । हालसम्म ५५ % छायाँकन सकिएको जानकारी निर्माण पक्षले दिएको छ । सिनेमामा नीता ढुँगाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ भने भारतीय कलाकारहरु ब्रह्मानन्दम, प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ ।

चन्द्र पन्त सिनेमाका निर्देशक हुन् । चार सेड्यूलमा छायाँकन हुने सिनेमाको भारतका विभिन्न शहरहरुमा हुने छायाँकन सकिएको छ भने हाल नेपालमा छायाँकन भइरहेको छ । सिनेमाको काम गर्न यसमा अनुबन्धित भएका भारतीय कलाकार केही दिनमा नेपाल आउँदैछन् ।

सिनेमालाई नेपाल तथा भारतका मुख्य भाषाहरुमा रिलिज गरिने बताइएको छ । भारतमा भने सिनेमा ओटिटी प्लेटफर्ममा मात्र रिलिज हुनेछ ।