‘लाहुरे एण्ड दाउरे’बाट निर्देशनमा डेव्यु गर्दै विल्सन, मुख्य भुमिकामा दयाहाङ

‘लाहुरे एण्ड दाउरे’बाट निर्देशनमा डेव्यु गर्दै विल्सन, मुख्य भुमिकामा दयाहाङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विल्सन विक्रम राई सिनेमा निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले सिनेमा ‘लाहुरे एण्ड दाउरे’को निर्माण तथा निर्देशन गर्न लागेका हुन् । सिनेमाको मुख्य भूमिकामा उनले अभिनेता दयाहाङ राईलाई अनुबन्धित गरेका छन् । आइतबार कागजी सम्झौता भएको हो । शीर्षकले सिनेमा सामाजिक विषयवस्तुमा आधारित हुने संकेत गर्छ ।

विल्सनको कम्पनी तक्मे प्रोडक्सनको प्रस्तुती रहने सिनेमामा बुद्धि तामाङ पनि मुख्य भूमिकामा अनुबन्ध भैसकेका छन् । सिनेमामा विल्सनको पनि अभिनय रहनेछ । अभिनेत्री र अन्य कलाकारहरु भने टुंगो लाग्न बाँकी छ । कमेडी र लभस्टोरी जनरामा निर्माण हुन लागेको सिनेमाको निर्माता सरिना लामा र डिबी राई तथा कार्यकारी निर्माता राजेन्द्र चोङबाङ हुन् ।

विल्सनसँग एक दर्जनभन्दा बढी म्यूजिक भिडियो र ‘फुर्के नं वान’ सिरियलको निर्देशन गरेको अनुभव छ । अर्को वर्षको साउन अन्तिम वा भदौ पहिलो साताबाट छायांकन जाने सिनेमामा अनमोल गुरुङको संगीत रहनेछ । सिनेमाको छायांकन पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा हुनेछ ।