‘यो मन त मेरो नेपाली हो’को पहिलो चरणको छायांकन सकियो

‘यो मन त मेरो नेपाली हो’को पहिलो चरणको छायांकन सकियो

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘यो मन त मेरो नेपाली हो’को पहिलो चरणको छायांकन सकिएको छ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान नरको निर्देशन रहेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’को नेपाल र भारत भागको छायांकन तीस दिनमा सकिएको हो ।

सिनेमाको बाँकी छायांकन अमेरिकामा हुने सिनेमाका निर्देशन मित्र प्रधानले बताए । नेपालको झापा, इलाम अनि भारतको सिकिम, दार्जीलिङ, जयगाँउ पश्चिम बंगाल लगायतको ठाउँमा सिनेमाको छायांकन गरिएको हो ।

सिनेमामा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, मेग सुवेदी, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुबास भण्डारी, बिजय सुब्बा लगायतको अभिनय रहनेछ । सिनेमाकी अभिनेत्री मेरो डान्स कप युएसएको फर्स्ट रनरअप आयुषा समाल नेपालको छायांकन सकिए लगतै अमेरिका उडेकी छिन् ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा निर्देशक प्रधान नै प्रस्तुतकर्ता रहेको सिनेमा विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्नेछ । यो सिनेमाले नेपाली भाषा, साहित्य र कलाको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषयलाई खोजेको निर्देशक प्रधानले बताए ।

शिवम् अधिकारीको लेखन, निर्देशक प्रधानको कथा, दिपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहने सिनेमाको मुख्य सहायक निर्देशक रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल र निर्माण नियन्त्रक सुमन काफ्ले हुन् ।