‘हात्तीछाप’ फ्रेबुअरी ९ बाट जापान र दक्षिण कोरियामा रिलिज हुने

‘हात्तीछाप’ फ्रेबुअरी ९ बाट जापान र दक्षिण कोरियामा रिलिज हुने

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी माघको २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हात्तीछाप’ फ्रेबुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज हुने भएको छ । सिनेमाको जापान र कोरिया वितरणको अधिकार टिम यूएनएले लिएको हो ।

यूएनए इन्टरटेन्मेन्टले सिनेमाको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँईले भने ‘सिनेमाको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले ‘हात्तीछाप’लाई प्रतिक्षा गरिरहनुभएको छ । जसले गर्दा हामीलाई अझै उत्साहित बनाएको छ ।’

सिनेमामा सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्दि तामाङ, विल्सन विक्रम राई, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

सिमोस सुनुवार निर्देशित ‘हात्तीछाप’को प्रस्तुतकर्ता किरण नेपाली हुन् । सिनेमामा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको सिनेमाको निर्माता पुष्कर गुरुङ र अमलादेवी राई छन् ।