‘उपहार’को दोस्रो गीत ‘मुटुको ४ आना’ सार्वजनिक

‘उपहार’को दोस्रो गीत ‘मुटुको ४ आना’ सार्वजनिक

द सिनेमा टाइम्स
1.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ ।

सिनेमाको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना रहेको छ । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न सकिन्छ ।

सार्वजनिक गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याललाई फिचर्ड गरिएको छ । ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले सिनेमामा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको निर्देशक देउजा बताउँछन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको ‘उपहार’मा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।