सिनेमा हललाई ईजाजतपत्र नवीकरण गर्न चलचित्र विकास बोर्डको अनुरोध

सिनेमा हललाई ईजाजतपत्र नवीकरण गर्न चलचित्र विकास बोर्डको अनुरोध

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा घरहरूले ईजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध चलचित्र विकास बोर्डले गरेको छ । बिहीबार एक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका सिनेमा घरहरूले बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरेर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।

सूचनामा भनिएको छ, ‘नेपालभर सञ्चालनमा रहेका सिनेमा घरहरूले सिनेमा (निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६) र सिनेमा (निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७) बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी अद्यावधिकमा रहेर मात्र सिनेमा घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।’

बोर्डले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा सिनेमा घरले सिनेमा प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेस गर्न अनुरोध गरेको छ । सो अवधिभित्र कागज प्रमाण पेस नगर्ने सिनेमा घरहरूको सन्दर्भमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।