अमेजन प्राइम भिडियोमा नेपाली सिनेमा ‘हल्कारा’ रिलिज

अमेजन प्राइम भिडियोमा नेपाली सिनेमा ‘हल्कारा’ रिलिज

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालबाट ९६औं ओस्कार अवार्डमा सिफारिस भएको सिनेमा ‘हल्कारा’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । बुधबार यो प्लेटफर्ममा सिनेमालाई रेन्ट (१ डलर) र बाइ (१५ डलर) सुविधा अन्तर्गत विश्वभरबाट हेर्न सकिनेछ ।

यो वर्ष नेपालमा प्रदर्शनमा आएको सिनेमाले कमजोर व्यापार गरेको भएपनि कथावाचन शैली रुचाइएको थियो । विक्रम सापकोटाको लेखन, निर्देशन तथा सम्पादन रहेको सिनेमामा महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा छन् ।

सिनेमामा स्वं दीपक क्षेत्री, रोशनी कार्की, शारदा गिरी, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारीको पनि अभिनय रहेको सिनेमा हाल युरोप र अमेरिकामा प्रदर्शन भैरहेको छ । सिनेमामा विप्लव प्रतीक र आकाश बरालको सह-लेखन छ ।

कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक छ । सिनेमाले देश तथा विदेशका थ्रुपै अर्न्तराष्ट्रिय सिनेमा महोत्सवमा विभिन्न विद्यामा अवार्ड समेत जितेको थियो ।