धरानका मेयर हर्क साम्पाङ ‘पर्खी बसें तिमीलाई’को प्रचारमा

धरानका मेयर हर्क साम्पाङ ‘पर्खी बसें तिमीलाई’को प्रचारमा

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी पौष २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पर्खी बसें तिमीलाई’ निर्देशक दीपक श्रेष्ठले धरानका मेयर हर्क साम्पाङलाई भेटेका छन् । मेयर साम्पाङ नेपाली सिनेमाप्रति पनि राम्रै मोह राख्छन् ।

धरानमा आयोजना हुने सिनेमा सम्बन्धी विभिन्न गतिविधिमा उनी सहभागी हुने गरेका छन् । यसैबिच, मेयर साम्पाङले सिनेमा ‘पर्खि बसें तिमीलाईका निर्देशक श्रेष्ठलाई भेटेर सिनेमालाई सफलताको शुभकामना दिएका छन् ।

यो सिनेमाको एक शोबाट उठेको रकम धरानमा सुन्मिमा-पारुहाङको शालिक निर्माणमा सहयोग गर्ने घोषणा निर्माणपक्षले गरेको छ । मेयर साम्पाङले सिनेमाको टिमलाई बधाई दिँदै सबैले नेपाली सिनेमा हेरेर नेपाली उत्पादनलाई बढावा दिन पनि आग्रह गरेका छन् ।

सिनेमाको पोस्टर बोकेर तस्विर खिचाउँदै मेयर साम्पाङले सिनेमाको टिमले एक शो बराबरको रकम सहयोग गर्न लागेकोमा खुशी व्यक्त गरे । यो सिनेमामा शिव श्रेष्ठको साथमा नव–कलाकारहरु किरण श्रेष्ठ र रक्षा बुढाथोकी मुख्य भूमिकामा छन् ।

लभ स्टोरी कथामा निर्माण भएको यो सिनेमाको ट्रेलरलाई दर्शकले रुचाएका छन् । यसैले, सिनेमाले व्यापारिक रुपमा राम्रो कारोबार गर्ने अपेक्षा गरिएको छ ।