‘मायाका रंगहरु’मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित

‘मायाका रंगहरु’मा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय सिनेमा मायाका रंगहरुमा अभिनेता कुन्दन भारद्धाज अनुबन्धित भएका छन् । भोजपुरीमा कुन्दन चलेको अभिनेताको सूचीमा पर्छन् ।

अभिनेता भारद्धाजले सोनी टिभिबाट प्रसारित सिरियल ‘महाराणा प्रताप’, ‘सिंहासन’, ‘महावली हनुमान’ अनि बलिउड सिनेमा ‘श्रीदेवी बङ्ग्लो’ र ‘मिशन चाइना’मा मुख्य अभिनेताको रुपमा काम गरिसकेका छन् ।

सिनेमाको मुख्य भुमिकामा यसअघि नै अभिनेता पल शाह अनुबन्धित भैसकेका छन् । यो इन्डो नेपाली सिनेमाको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ । पलले यो सिनेमाको छायांकन ‘पूजार सार्की’पछि गर्नेछन् ।

प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको सिनेमामा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

सिनेमाका सह-निर्माता जेनिश न्यौपाने हुन् । सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि सिनेमा भन्ने उदेश्यले आफुले यो सिनेमा निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।