प्रदीपको कथामा संजयले ‘रक्तबीज’ निर्माण गर्ने, मुख्य भुमिकामा सौगात, विशाल र प्रमोद

प्रदीपको कथामा संजयले ‘रक्तबीज’ निर्माण गर्ने, मुख्य भुमिकामा सौगात, विशाल र प्रमोद

द सिनेमा टाइम्स
588
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता संजय न्यौपानेले सिनेमा ‘रक्तबीज’को निर्माण घोषणा गरेको छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् ।

निर्माण न्यौपानेले यसअघि ‘प्रेम दिवस’ नाममा सिनेमा निर्माण गरेका थिए । उनले थुप्रै सिनेमामा अभिनय समेत गरेका छन् । यो सिनेमामा अभिनेता सौगात मल्ल, विशाल खरेल र प्रमोद अग्रहरीको मुख्य भुमिका रहनेछ । अभिनेता खरेलले ‘प्रेम दिवस’बाट अभिनयमा डेव्यु गरेका थिए । सिनेमाको छायांकन अर्को वर्षको असोजबाट गरिने निर्माता न्यौपानेले बताए ।

संजय न्यौपाने प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमालाई एलए ग्रुप अमेरिका र कमल खतिवडाको लगानी रहनेछ । संजय न्यौपाने प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता खतिवाडा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । निर्माता खतिवडाले राम्रो टिम र स्कृप्ट भएकाले सिनेमामा लगानी गर्न तयार भएको बताए ।

अभिनेता सौगात मल्लले लेखक प्रदीप भारद्धाजले केही समय अगाडी नै कथा सुनाएको र आफुलाई स्कृप्ट र भुमिका निकै मन परेकाले काम गर्न तयार भएको बताए । यो सिनेमाको मुख्य अभिनेत्री लगायत मुख्य भुमिकामा काम गर्ने अन्य कलाकार र निर्देशकको केही दिनमा टुङ्गो लाग्ने निर्माण टिमले जनाएको छ ।

सिनेमा डार्क एक्सन जनरामा निर्माण हुनेछ । असोजबाट फ्लोरमा जाने सिनेमालाई सौरभ लामाले खिच्नेछन् । सिनेमाको सम्पुर्ण छायांकन पूर्वी नेपालको इलाम र झापामा गरिनेछ ।