‘आरती’ वेब सिरिजको प्रिमियर सम्पन्न

‘आरती’ वेब सिरिजको प्रिमियर सम्पन्न

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स,काठमाडौँ । क्राइममा आधारितआरतीवेब सिरिजको नेपाली संस्करणको प्रिमियर सम्पन्न भएको छ । राजधानी काठमाण्डौँ स्थितअर्किड इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रम संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवल किशोर साहकोप्रमुख आतिथ्यमा प्रिमियरको आयोजना  भएको थियो । प्रिमियर कार्यक्रममा सिरिजको इपिसोड , स्क्रिनिङ्ग गरिएको थियो ।

ब्रीजवाटर कलेजको प्रिन्सिपल नारायण दास, अर्किड कलेजका प्रिन्सिपल विदुर दाहाल, सिनेम्याटोग्राफर निरज कंडेल, अभिनेता मुकनभुषाल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, सामाजिक अभियन्ता पुण्य गौतम, वरिष्ठ कलाकार नवीन श्रेष्ठ, पूर्वप्रहरी नायब उपरिक्षक चन्द्र नारायण यादव, नेत्र ज्योति संघका अध्यक्ष डा. शैलेश मिश्र, गायक सन्तोष सानु, लाफमाण्डुको निर्देशकरूपेश घिमिरे लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरि प्रसाद कंडेल संसारअधिकारीको प्रमुख अभिनय रहेको छ । रोशन दासको कथा निर्देशन रहेको सिरिजको कथा लेखन हिक्मत शर्माले गरेका हुन् । सिनेम्याटोग्राफी नितेश घतान , इडिट कवीर ओड कलर कमलीले गरेका हुन् । निर्माता आशिश दास, सहनिर्माता रिता देवी क्रियटिभनिर्माता राकेश साह रहेका छन् । सिरिजमा सह-निर्देशक खेम राज कोईराला,प्रोडक्सन एच पी कडेल रहेका छन् ।

नेपाली मैथिली गरी दुईवटा भाषामा निर्माण भएको जघन्य अपराध बलात्कार महिला हिंसामा आधारित सिरिज भाग रहेको छ । ‘आरतीवेब सिरिज नेट टिभीमा पुस १६ देखि प्रसारण हुने भएको छ ।