प्याराडाइजमा फ्यानहरुसँग ‘न्यु इयर इभ’ मनाउँदै प्रदिप

प्याराडाइजमा फ्यानहरुसँग ‘न्यु इयर इभ’ मनाउँदै प्रदिप

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदिप खड्काले प्याराडाइज गार्डेन रेष्टुरेन्टमा ‘न्यु इयर इभ २०२४’ मनाउने भएका छन् । गैरीधारामा रहेको यो रेष्टुरेन्ट प्रदिप आफ्नै हो, उनीसँगै अन्य केहि पार्टनरको रुपमा छन् ।

आज ५ बजेबाट सुरु हुने कार्यक्रममा अभिनेता प्रदिपले उपस्थित फ्यान तथा शुभचिन्तकसँग भेटघाट, गफगाफसहित नयाँ बर्षको स्वागत गर्नेछन् । प्याराडाइजले आजको कार्यक्रमलाई भव्य गराउन उपस्थित ग्राहक तथा फ्यानहरुलाई फ्रि-वेलकम ड्रिङ्क्स तथा लाइभ म्युजिकको व्यवस्था गरेको छ । त्यस्तै प्याराडाइजको किचनका परिकारमा केहि छुट समेत राखिएको छ ।

कोरोना महामारीपछि प्रदिप यो व्यवसायमा जोडिएका हुन् । कलाकारितासँगै बिजनेशमा पनि रुची राख्ने प्रदिपले लामो समयदेखि फ्यान तथा शुभेच्छुकहरुसँग साक्षत्कार हुन नसकेकोले आज यो कार्यक्रम आयोजना गरिएको र यस गेट टुगेदर मार्फत सम्बन्ध थप प्रगाढ हुने विश्वास राखेका छन् ।

अरु समयमा व्यस्त भइन्छ, उनले भने, – ‘आज विशेष दिन पनि भयो । सबैसँग भेट्न सहज र लोकेशन पनि ठिक हुने भएकाले यहाँ कार्यक्रमको आयोजना गरिएको हो ।’

अभिनेता प्रदिपले ‘एक्टर’, ‘पुजार सार्की’ र ‘ऐरी’ साइन गरेर बसेका छन् । उनी माघको दोस्रो हप्ता पुजार सार्कीको काममा व्यस्त हुनेछन् ।