सौरभ चौधरी निर्देशित ‘अगस्त्य’ फागुन १८ मा रिलिज हुने, सौगातको दमदार लुक्स

सौरभ चौधरी निर्देशित ‘अगस्त्य’ फागुन १८ मा रिलिज हुने, सौगातको दमदार लुक्स

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौरभ चौधरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर १’ बाट अभिनेता सौगात मल्लका दुई ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माताले फागुन १८ लाई प्रदर्शन मिति घोषणा गरेका हुन् ।

यो सिनेमा यही दिनमा नेपालसहित विश्वभर प्रदर्शन गर्ने निर्माताको तयारी छ । सिनेमाको पोस्टरमा अभिनेता मल्ललाई ‘सौर्य’ नामक पात्रको रुपमा चिनाइएको छ । एउटा पोस्टरमा उनी एक्सन अवतारमा प्रस्तुत छन् भने अर्कोमा रेलवेमा हिंडिरहेको कुनै सडकछाप पात्रको रुपमा देखिएका छन् । यो सिनेमाको सुटिङ भारतको गोरखपुर र नेपालका विभिन्न ठाउँमा गरिएको छ ।

यो पात्रका लागि सौगातले २० किलो तौल बढाएका थिए । पछि फेरि १० किलो तौल घटाए । उनको शारीरिक ट्रान्सफर्मेसनको चर्चा मिडियामा भइसकेको छ । सौगातको मेहनत पोस्टरमा स्पष्ट देखिन्छ । सिनेमा बदलाको कथामा आधारित छ । सिनेमामा सौगात एक क्रेजी लभरको भूमिकामा प्रस्तुत भएका छन् ।

सिनेमामा मलिका महत, नाजिर हुसेन, प्रमोद अग्रहरि, विजय बराल र रविन्द्र झाको पनि अभिनय छ । डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा सिनेमा निर्माण भएको हो । सिनेमामा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । सिनेमाका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् । सिनेमालाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।