‘रिमै’मा जोडिए सौगात

‘रिमै’मा जोडिए सौगात

द सिनेमा टाइम्स
287
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सौगात मल्ल ‘रिमै’मा अनुबन्धित भएका छन् । योसँगै सिनेमाको मुख्य लाइनअप पूरा भएको छ ।

सिनेमा यसअघि ब्लकबस्टर ‘कबड्डी’ सिरिजका प्रथम दुई भागकी मूख्य अभिनेत्री रिस्मा गुरुङ र अभिनेता दयाहाङ राई अनुबन्धित भइसकेका छन् । उनीहरु तीनै जनाले ‘कबड्डी’को दोश्रो श्रृंखलामा एकसाथ काम थिए ।

खिल बहादुर गुरुङको निर्देशनमा तयार हुने सिनेमालाई सिनेमा गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरले निर्माण गर्न लागेको हो । सिनेमामा दया, रिस्मा, सौगातसँगै डेब्यू अभिनेता विरबल घले प्रमूख भूमिका रहनेछ ।

उपेन्द्र सुब्बा सिनेमाका पटकथा लेखक हुन भने कथा निर्देशक गुरुङ र अभिनेता घलेले लेखेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा टिका गुरुङ (युके), प्रकाश गुरुङ (युके), जित यात्री गुरुङ (नर्वे) तथा सचि कुमारी घले रहेकछन् भने दुन बहादुर घले, हेमा गुरुङ तथा विजय लामा सिनेमामा सह-निर्माताका रुपमा रहनेछन् ।

सिनेमाको हाल प्रि-प्रोडक्सन चलिरहेको छ । रिमै फागुनबाट फ्लोरमा जाने । ‘कबड्डी’ सिनेमामा दया र रिस्माको नोकझोकलाई दर्शकहरुले खुबै मनपराएका थिए । यो सिनेमाले त्यो ‘केमिस्ट्री’लाई पुनः ताजा गराउने अनुमान गर्न सकिन्छ । सिनेमामा सौगातको अनुबन्धनले रोमाञ्चक कथाको अपेक्षालाई रोचक बनाउने अपेक्षा बढाएको छ ।