एक्सन र पारिवारिक कथाको समिश्रण ‘चित्रा’को ट्रेलर सार्वजनिक

एक्सन र पारिवारिक कथाको समिश्रण ‘चित्रा’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
196
Shares

द सिनेमा टाइम्स, काठमाडौं – घनश्याम लामिछाने निर्देशित सिनेमा ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन र पारिवारिक कथाको समिश्रण रहेको २ मिनेट ५९ सेकेन्ड लामोको ट्रेलरले दर्शकमा कौतुहल्ता जगाउने सक्ने देखिन्छ ।

सिनेमामा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारको अभिनय छ । यही सिनेमाबाट सन्तोषले नेपाली रजतपटमा अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।

बाबुछोरीको कथा बोकेको ‘चित्रा’लाई सम्भावना बोकेको सिनेमाको रुपमा हेरिएको छ । सिनेमाको निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको सिनेमामा राजनराज शिवाकोटीको संगीत छ ।

महेश पौडेलले छायांकन गरेको सिनेमामा सम्पादनको भूमिकामा बनिश शाह र सन्देश शाह छन् । सिनेमामा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ । सोनाली शिल्पकारको मेकअप रहेको सिनेमामा असिम थापाको ड्रोन, विजय बस्यालको पोष्टर डिजाइन छ ।

सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको ब्यानरमा निर्माणमा भएको सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ । सिनेमाको अष्ट्रेलिया रिलिज अधिकार अविनास रोका मगरले लिएका छन् ।