‘बेहुली फ्रम मेघौली’मा निश्चल-स्वस्तिमा

‘बेहुली फ्रम मेघौली’मा निश्चल-स्वस्तिमा

निश्चल बस्नेत निर्देशित 'दिमाग खराब' वर्षकै सफल सिनेमामा पर्छ । हालै बक्सअफिसमा ५१ दिन पार गरिसकेको सिनेमाले समीक्षक तथा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।

द सिनेमा टाइम्स
721
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘दिमाग खराब’ लेखक आकाश बरालले सिनेमा निर्देशनमा डेब्यू गर्ने भएका छन् । यसका लागि उनले ‘दिमाग खराब’ निर्देशक निश्चल बस्नेत तथा अभिनेत्री स्वस्तिमा खड्कासँग सहकार्य गर्दैछन् । चैतबाट छायाँकनमा जाने बताइएको सिनेमाका लागि हाल चितवनमा लोकसन हेर्ने काम भइरहेको छ ।

सिनेमामा बराल स्वंयको लेखन रहनेछ । यो सिनेमाको लेखन/निर्देशन आकाश बराल र सजन काफ्लेले गर्ने छन । सिनेमाको कथा रोमान्टिक ड्रामा हुनेछ । लेखकका रुपमा बरालले ‘दिमाग खराब’का अलावा, ‘चपली हाइट-३’, ‘बिए पास’, ‘हल्कारा’ लगायतका ८ सिनेमा लेखिसकेका छन् ।

यो सिनेमा ब्ल्याक हर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । सिनेमामा निश्चल र स्वस्तिमाको प्रमूख भूमिका हुनेछ । हाल यी दुई कलाकारमात्र तय भएका छन् भने बाँकी कलाकार तथा प्राविधिक छनौटका चरणमा रहेका छन् । हाललाई सिनेमाको वर्किङ टाइटल ‘बेहुली फ्रम मेघौली’ राखिएको छ ।

निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ वर्षकै सफल सिनेमामा पर्छ । हालै बक्सअफिसमा ५१ दिन पार गरिसकेको सिनेमाले समीक्षक तथा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।