दयाहाङ र मिरुनाबीच ‘गाउँ नै रमाइलो’मा पुनः सहकार्य, बुद्धि पनि भित्रिए

दयाहाङ र मिरुनाबीच ‘गाउँ नै रमाइलो’मा पुनः सहकार्य, बुद्धि पनि भित्रिए

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘गाउँ नै रमाइलो’मा पुनः अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीच सहकार्य हुने भएको छ । सिनेमाका लागि यही हप्ता मिरुनासँग सम्झौता गरिएको हो ।

सिनेमाको मुख्य भुमिकाको लागि यसअघि नै दयाहाङ र अभिनेता आर्यन सिग्देल अनुबन्धित भैसकेका थिए । सिनेमाको निर्माण टिमले सिनेमामा बुद्धि तामाङलाई पनि अनुबन्धित गरेको छ । सिनेमामा तीनजना अभिनेता रहनेछन् । तेस्रो अभिनेता पनि ‘स्टार’ नै भित्राउने तयारीमा निर्माण टिम छ ।

अभिनेत्री मगरको जोडी कुन अभिनेतासँग बाँधिनेछ भन्ने खुलेको छैन । ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाको निर्माण रहने सिनेमामा विकास सुवेदीको लेखन छ । अघिल्लो वर्ष प्रदर्शनमा आएको ‘प्रकाश’मा विकासको लेखनको प्रशंसा भएको थियो । निर्देशक राउतले आगामी माघ पहिलो सातादेखि सिनेमा ‘पूजार सार्की’को छायांकन सुरु गर्दैछन् ।

यो सिनेमा प्रदर्शन भएपछि मात्र उनले ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्ने जनाइएको छ । सिनेमालाई अर्को वर्षको दशैंको फूलपातीमा सार्वजनिक प्रदर्शन गरिँदैछ । क्लक वार्क क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमा गाउँघरको कथामा निर्माण हुने शीर्षकले नै प्रष्ट पारेको छ ।

दयाहाङ र मिरुनाबीच ‘कबड्डी ४’ देखि सहकार्य टुटेको छैन । उनीहरुले एकसाथ काम गरेका सिनेमा सफल पनि भैरहेका छन् । यसैले मेकरहरुको रोजाईमा यो जोडी परिरहेको देखिन्छ । उनीहरुको मुख्य भुमिका रहेको सिनेमा रंङ्गेली आगामी फागुन २५ गतेबाट प्रदर्शन हुँदैछ, भने चाँडै ‘दुःखी आत्मा’, ‘घरज्वाई’ र ‘मनसरा’को छायांकन सुरु हुँदैछ ।