‘ऐरी’का लागि मस्कुलर बन्दै प्रदिप, हेर्नुस् तस्विरमा

‘ऐरी’का लागि मस्कुलर बन्दै प्रदिप, हेर्नुस् तस्विरमा

हाल अभिनेता खड्का दिनेश राउतको निर्देशनमा बन्ने 'पूजार सार्की'को वर्कसपमा व्यस्त रहेका छन् । यो सिनेमा माघ १० गतेबाट फ्लोरमा जाने बताइएको छ ।

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘प्रेम गीत-३’को हिन्दी डबबाट भारतीय दर्शकमाझ पुगेका स्टार अभिनेता प्रदिप खड्का आफ्नो आगामी सिनेमा ‘ऐरी’बाट प्यान इण्डिया दर्शकमाझ पुग्ने तयारीमा छन् ।

सिनेमा नेपाली भाषासहित हिन्दी, तमिल र अंग्रेजी भाषामा रिलिज हुनेछ । सिनेमा ‘ऐरी’को फस्ट लुकसहितको शीर्षक पोस्टर सार्वजनिक भइसकेको छ । सो सामाग्रीले उनी एक शिकारीको भूमिका देखिने संकेत गरेको छ ।

यो प्रदिपको महत्वाकाक्षीं सिनेमा हो । नेपाली भाषामा रिलिज हुने भएपनि प्रदिपको यो सिनेमा उनको पहिलो बलिउड सिनेमा हुनेछ । खिच्दा सिनेमालाई हिन्दी तथा नेपालीमा खिचिनेछ । सिनेमामा शिकारीको भूमिकामा अभिनय गर्नुपर्ने भएकाले प्रदिपले आफ्नो शारिरिक सुगठनमा ध्यान दिइरहेका छन् ।

फेसबुकमा एक तस्बिर पोस्ट गर्दै उनले त्यसको छनक दिएका छन् । आज फेसबुकमा पोस्ट गरेको तस्विरमा उनलाई आफ्नो गठिलो मसल देखाइरहेको देख्न सकिन्छ । तस्विरमा उनको बढेको मसल देख्नम सकिन्छ । उनले आफूले सिनेमामा देखिने आफ्नो चरित्रका लागि चाहिने शारिरिक प्रस्तुतिका लागि यो मेहेनत गरेका हुन् । तस्बिरमा उनले अंग्रेजीमा शिकारको शिकार गर्नु हानीकारक छ भन्ने आशयको क्याप्सन लेखेका छन् ।

यसअघिका सिनेमामा उनलाई लिन एण्ड थिन लुकमा देख्दै आइएकोमा अब ‘ऐरी’मा मस्कुलर बडीमा देख्न पाइनेछ । उनको यो मेहेनत पर्दामा झन गजब हुने अनुमान गर्न सकिन्छ । यसका लागि सिनेमाको रिलिजसम्म पर्खनु पर्नेछ तर उनले सार्वजनिक गरेको तस्बिरले उनका प्रशंसकहरुमा भने रोमाञ्च बढाउने सहज अनुमान गर्न सकिन्छ ।

हाल अभिनेता खड्का दिनेश राउतको निर्देशनमा बन्ने ‘पूजार सार्की’को वर्कसपमा व्यस्त रहेका छन् । यो सिनेमा माघ १० गतेबाट फ्लोरमा जाने बताइएको छ ।