क्यानडामा कलाकार पुष्कर भट्ट सम्मानित

क्यानडामा कलाकार पुष्कर भट्ट सम्मानित

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमामा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता पुष्कर भट्ट क्यानडामा सम्मानित भएका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ तथा गुरुङ ल्होसारको अवसर पारेर उनलाई ‘गुरुङ को-अपरेटिभ’ नामक संस्थाले सम्मान गरेको हो ।

नेपाली सिनेमामा भट्टको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ । अभिनेता भट्ट लामो समयदेखि परिवारसहित क्यानडामा बस्दै आइरहेका छन् । त्यहाँ पनि उनले कलाकारितालाई भने छाडेका छैनन् ।

केही समयअघि उनले हिन्दी गीत ‘जिल्ला मुरादाबाद’को निर्देशन गरेका थिए भने त्यसमा उनी स्वयंको अभिनय पनि थियो । उनले चाँडै नेपाल आएर सिनेमामा काम गर्ने योजना रहेको बताए । रुपरंग र जिउडालले पनि उनलाई भिलेनको भूमिकामा जम्न मद्दत गरेको थियो ।

अभिनेता विराज भट्टको सहयोगमा नेपाली सिनेमामा प्रवेश गरेका भट्टले ‘भागी भागी नजाउ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली’ लगायत एक सय बढी नेपाली सिनेमामा अभिनय गरेका छन् भने दुई दर्जन बढी भोजपुरी सिनेमामा समेत काम गरेका छन् ।