क्राइम थ्रिलर सिनेमा ‘११ः५५’ को ३० दिनमा इण्ड-क्ल्याप

क्राइम थ्रिलर सिनेमा ‘११ः५५’ को ३० दिनमा इण्ड-क्ल्याप

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – केशव पाण्डेको डेव्यु निर्देशकिय सिनेमा ‘११ः५५’ को छायांकन सकिएको छ । रातको ११ः५५ मा घट्ने एक घटनाको वरिपरि रहेर निर्माण भएको क्राइम थ्रिलर सिनेमाको छायांकन ३० दिनमा सकिएको हो ।

बुधबार सिनेमाको निर्माण टिमले काठमाडौं को एक रेष्टुरेन्टमा इण्ड-क्ल्याप गर्दै सिनेमाका कलाकार तथा प्राविधिक टिमलाई धन्यवाद दिएको थियो । सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, सागर खनाल र करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

प्रधुम्न मिश्र र रामशरण उप्रेतीको छायांकन रहेको सिनेमालाई भदौमा प्रदर्शन गर्ने लक्ष्य निर्माण टिमको राखेको छ । निर्देशक पाण्डेले सिनेमा थ्रिलर विधामा निर्माण भएको भन्दै विधागत सिनेमा निर्माणमा यसले छाप छाड्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

सृष्टि श्रेष्ठले पनि सिनेमामा काम गर्दा रमाइलो भएको भन्दै दर्शकलाई पनि निराश नबनाउने बताइन् । ‘मैले ड्रामा र लभस्टोरी विधाका सिनेमामा धेरै काम गरेकी थिएँ । थ्रिलर मेरा लागि नयाँ विधा थियो । यही कारण पनि म उत्साहित छु । त्यो भन्दा पनि सुटिङ गरुञ्जेल मलाई एकदमै मजा आएको थियो । आशा छ दर्शकलाई पनि आउँछ,’ उनले भनिन् ।

विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्ट्सको सहकार्यमा निर्माण हुने सिनेमामा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह-निर्माता रहेका छन् । सिनेमालाई पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवाली मिलेर लेखेका हुन् । सिनेमामा एमएस अग्रजले अभिनय पनि गरेका छन् ।