आँचल शर्माको मुख्य भुमिका रहने सिनेमा ‘एक मुठ्ठी बादल’ निर्माण घोषणा

आँचल शर्माको मुख्य भुमिका रहने सिनेमा ‘एक मुठ्ठी बादल’ निर्माण घोषणा

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सहारा शर्माले सिनेमा ‘एक मुठ्ठी बादल’ निर्देशन गर्ने भएकी छन् । सिनेमामा अभिनेत्री आँचल शर्मा र सहयोग अधिकारीको मुख्य भुमिका रहनेछ । बिहीबार सिनेमाको निर्माण घोषणा एक पोस्टर सार्वजनिक गर्दै गरिएको हो ।

फेमिली ड्रामा जनरामा बन्ने सिनेमाले केही अप्रत्यासित, दुर्भाग्यपूर्ण घटनापछि एउटी आमा र छोरीले वर्षैैंदेखिको रहस्य र कुन्ठा सामना गर्न बाध्य हुने कथावस्तु पेश गर्छ । सिनेमालाई लिएर अभिनेत्री आँचल शर्मा उत्साहीत देखिएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘पुस्तौंदेखि चलिरहेको त्याग र बलिदानको परम्परामा के उनले कहिल्यै आफ्नो आकाशको अंश दाबी गर्न पाउलिन् ? एक मुठ्ठी बादल आमा छोरीहरु बीचको अनौठो सम्बन्धको श्रुति मधुर संगीत हो । अराजकतालाई अँगाल्ने, अपूर्णतामा उत्सव मनाउने र सामान्यलाई असामान्य बनाउने नेपाली नारीका गाथा आउनुस् फेरि नयाँ धूनमा सुनौं ।’

सिनेमामा अभिमन्यु दीक्षित, अनुप पौडेल र समीक्षक सामिप्यराज तिमल्सेनाको प्रस्तुतीमा निर्माण हुने सिनेमाको लेखन निर्देशक शर्मा स्वयंमको रहनेछ । निर्माता तिमल्सेनाले फागुनदेखि पोखरामा सिनेमाको छायांकन गरिने बताए । नारी प्रधान कथावस्तुमा सिनेमा बन्न लागेको उनले जाकारी दिए ।

यो सिनेमाले यसअघि विश्वप्रसिद्ध सिनेमा महोत्सवको सिनेमा बजारमा पिचिङ र ल्याबमा छनोट भइसकेको छ । लोकार्नोको आपेनडोर्स, कान्स र रोटेरडम सिनेमा मार्केटमा सिनेमा पिचिङ भइसकेको छ । ढाका सिनेमा महोत्सवको मार्केट र ल्याबमा यो सिनेमाको कथा समावेश हुँदैछ ।

गौंथली इन्टरटेनमेन्ट र अन्डरग्राउण्ड टकिजले निर्माण सहकार्य गर्नेछन् । सिनेमा फेस्टिभल र हललाई लक्ष्य राखेर सिनेमा निर्माण गर्न लागिएको निर्माता तिमल्सेनाले जानकारी दिए ।