शुक्रबारबाट प्रदर्शनमा आए ‘चित्रा’ र ‘पर्खी बसें तिमीलाई’

शुक्रबारबाट प्रदर्शनमा आए ‘चित्रा’ र ‘पर्खी बसें तिमीलाई’

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘चित्रा’ र ‘पर्खी बसें तिमीलाई’ प्रदर्शनमा आएका छन् । मध्यम प्रचार प्रसारका बीच प्रदर्शनमा आएका सिनेमाले मल्टिप्लेक्समा शो केही कम पाएपनि सिगंल स्क्रिन तर्फ भने दुवै सिनेमाले बराबरी शो बाँडीका छन् ।

आज शुक्रबार पृथ्वी जयन्तीको बिदा परेकाले पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा दुवै सिनेमाको निर्माण टिमले राखेका छन् । आज दर्शकबाट दुवै सिनेमालाचई राम्रो वर्ड अफ माउथ मिलेको खण्डमा भोली शनिबारबाट शो बढ्नका साथै दर्शक संख्या पनि बढ्ने देखिन्छ । करिब १ महिना पश्चात नयाँ नेपाली सिनेमा हलमा लागेकाले पनि दर्शक हल पुग्ने विश्वास निर्माण टिमलाई छ ।

गत सोमबार राधधानीमा आयोजित प्रिमियर शोमा राम्रो प्रतिक्रिया पाएको घनश्याम लामिछाने निर्देशित सिनेमा ‘चित्रा’मा सन्तोष अधिकारी, अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ ।

महेश पौडेलको छायांकन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ । सिनेमाका निर्माता आशिष थापा मगर हुन् भने डेव्यु अभिनेता सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । सिनेमाको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । सिनेमामा बनिश शाह र सन्देश शाहको सम्पादन रहेको छ ।

यता आज शुक्रबारबाट नै प्रदर्शनमा आएको सिनेमा ‘पर्खी बसें तिमीलाई’ युवापुस्ताको प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको छ । सिनेमाले धनाढ्य परिवारकी छोरी र पठाओ चलाएर जीवन चलाउँदै आएको एक युवाको प्रेम कथा प्रस्तुत गर्ने सिनेमा मार्फत अभिनेत्रीमा रक्षा बुढाथोकी र अभिनेता किरण श्रेष्ठले अभिनयमा सुरुआत गरेका छन् । उनीहरूसँगै अनिसा रसाइलीको पनि सिनेमामा मुख्य भूमिका रहेको छ ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको सिनेमामा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । सिनेमामा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह-निर्माण रहेको छ ।

सिनेमामा परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।