नरेश र सागरको म्युजिक भिडियो ‘अब अर्को जुनीमा’ सार्वजनिक

नरेश र सागरको म्युजिक भिडियो ‘अब अर्को जुनीमा’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नरेश बुढाथोकी र सुन्दर मगरको स्वर रहेको गीत ‘अब अर्को जुनीमा’मा सार्वजनिक गरिएको छ । गायक मगरकै शब्द र संगीत रहेको गीतको सार्वजनिक भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतले अभिनय गरेका छन् ।

नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ । पत्रकार सम्मेलनमा गायक बुढाथोकी र मगरसहित निर्देशक शिशिर खाती, कलाकार सागर लम्सालसहित गायक दुर्गेस थापा उपस्थिति थिए ।

गीतकार तथा गायक मगरले गीतलाई आधुनिक शैलीमा तयार पारेका बताए । ‘यो गीतले प्रेमभाव व्यक्त गर्नुका साथै जीवनको महत्वलाई दर्शाएको छ । यसले रोमान्टिक फिल दिनुका साथै महत्वपूर्ण कथा पनि व्यक्त गरेको छु’, उनले भने ।

गायक बुढाथोकीले गीतलाई अडियो झैं भिडियोमा पनि राम्रो बनाइएकोमा निर्देशक र कलाकारसहितको टिमलाई धन्यवाद दिए । भिडियोमा देखिएका कलाकार मध्येका एक कलाकार सागरले पहिलो पटक अमेरिका पुगेर भिडियोमा अभिनय गरेको स्मरण गरेका छन् । गीतमा उनले गम्भीर भावलाई प्रस्तुत गरेको बताए ।

सार्वजनिक भिडियोमा हेयर एण्ड मेकअप समिता श्रेष्ठ, कलर राजेन्द्र मोक्तान, सम्पादन मनोज कार्की, भीएफएक्स सन्तोष डिजाइन, निर्देशन र छायांकन शिशिर खातीले गरेका छन् । गीतलाई दिलाशा बस्नेतले निर्माण गरेका हुन् ।