‘१२ गाउँ’बाट छोरालाई डेब्यू गराउने सोचमा विराज, अन्य मेकरको पनि उत्तिकै चासो

‘१२ गाउँ’बाट छोरालाई डेब्यू गराउने सोचमा विराज, अन्य मेकरको पनि उत्तिकै चासो

विराजका २४ वर्षिय छोरा झण्डै ६ फिट अग्लो हुनुका साथै ह्यान्डसम छन् । नेपाली मेकरहरु उनको लुक्सका कारण डेब्यू गराउन लालायित भएका हुन् ।

द सिनेमा टाइम्स
2.4k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विराज भट्ट यतिबेला आगामी सिनेमा ‘१२ गाउँ’ को तयारीमा रहेका छन् । एक्सन प्रधान हुने जनाइएको यो सिनेमामा उनका छोराले डेब्यू गर्ने बताइएको छ ।

त्यसो त विराजका छोरालाई डेब्यू गराउन केही नेपाली मेकरहरु पनि लागि परेका छन् । विराजका छोरा सिनेमामा डेब्यू गर्नका लागि केही वर्ष यता भारतको मुम्बईमा मार्सल आर्ट, जिम र अभिनयका कक्षा लिइरहेका छन् ।

‘१२ गाउँ’ बनाउने घोषणासँगै नेपाली सिनेकर्मीसँग बाक्लो भेटघाटमा रहेका विराजका छोराको तस्विर देखेपछि नेपाली मेकरहरुले उनका छोरालाई डेब्यू गराउने इच्छा देखाएका हुन् ।

विराजका २४ वर्षिय छोरा झण्डै ६ फिट अग्लो हुनुका साथै ह्यान्डसम छन् । नेपाली मेकरहरु उनको लुक्सका कारण डेब्यू गराउन लालायित भएका हुन् । यसेका लागि उनीहरुले विराजसँग पछिल्लो समय आफ्नो भेटघाटलाई बाक्लो बनाएका छन् ।