शुक्रबार रिलिज भएको ‘पर्खी बसें तिमीलाई’ विशेष शोमा राम्रो प्रतिक्रिया

शुक्रबार रिलिज भएको ‘पर्खी बसें तिमीलाई’ विशेष शोमा राम्रो प्रतिक्रिया

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘पर्खी बसें तिमीलाई’को विशेष शोको आयोजना गरिएको छ । विशेष शोका सहभागीहरुले धेरै समयपछि प्रेम कथानक सिनेमा हेर्न पाइएको भन्दै डेब्यु कलाकारको अभिनयको तारिफ पनि गरेका छन् ।

पछिल्लो समय ड्रामा र एक्सन सिनेमा हेर्दै आएकोमा प्रेम कथामा आधारित रहेको ‘पर्खी बसें तिमीलाई’ हेर्न पाउँदा खुसी लागेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । डेब्यु गरेका अभिनेता किरण श्रेष्ठ , अभिनेत्री रक्षा बुढाथोकी र अनिशा रसाईलीको जीवन्त अभिनयको तारिफ गर्दै सम्भावना बोकेका कलाकारको रुपमा चिनाउन सफल भएको बताए ।

अभिनेता शिव श्रेष्ठले नयाँ पुस्ताको कलाकारहरूबाट आफू प्रभावित भएको बताए । उनले डेब्यु कलाकारसँगै निर्देशक श्रेष्ठको प्रसंशा गरेका छन् । निर्माता आकाश अधिकारी, निर्देशक नवल नेपाल लगायत सिनेमा क्षेत्रसहित विभिन्न व्यक्ति विशेष शोमा सहभागी भएका थिए ।

दीपक श्रेष्ठको निर्देशन तथा राजाराम बुढाथोकीको निर्माणमा ‘पर्खि बसें तिमीलाई’ आफू उत्साहित रहेको निर्देशक श्रेष्ठले प्राप्त प्रतिक्रियाले बताए । ‘मैले देखाउन खोजेको कथा पर्दामार्फत दर्शकको मनसम्म पुगेको छ । युवापुस्ताको प्रेमलाई दर्शकले पनि रुचाउनु भएको छ’, निर्देशक श्रेष्ठले भने ‘अहिले सिनेमा हेरिसकेकोले तारिफ गरिरहेका छन् । हामीलाई राम्रा प्रतिकिया प्राप्त भइरहेको छ । युवापुस्ताले प्रेम कथालाई रिलेट गर्नुभएको छ ।’

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम)को संयुक्त व्यानरमा निर्माण गरिएको सिनेमामा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

सिनेमामा कोमल गुरुङको सह(निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।