हेर्नुस् यस्ता छन् विराजका छोरा ‘१२ गाउँ’बाट डेव्यु गर्ने पक्का

हेर्नुस् यस्ता छन् विराजका छोरा ‘१२ गाउँ’बाट डेव्यु गर्ने पक्का

द सिनेमा टाइम्स
2.2k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली एक्सन सुपरस्टार विराज भट्टका छोरा समिर भट्टले होम प्रोडक्सनमा बन्ने ‘१२ गाउँ’बाट डेव्यु गर्ने पक्का भएको छ । विराज भट्टले यसको पुष्टि गरेका हुन् ।

द सिनेमा टाइम्सलाई प्राप्त तस्विर हेर्दा लामोसमय देखि प्याकेजको हिरो नपाइरहेको नेपाली सिने उद्योगलाई समीरको प्रवेश लामो रेसको घोडा बन्ने संकेत गरेको छ । तस्बिर हेर्दा उनले छोटो समयमा धेरै फ्यान कमाउन सक्ने देखिन्छ ।

सिनेमाका लागि समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका छन् । व्यवस्थापनमा ग्र्याजुयसन गरेका समीरको तस्विर देखेका केही नेपाली मेकरले आफ्नो सिनेमाबाट डेब्यु गराउन चाहेको भएपनि अन्तत: उनले आफ्नै बाबुको सिनेमाबाट डेब्यू गर्ने भएका हुन् ।

समीरले मुम्बईमा किशोर-नमितकोबाट अभिनय प्रशिक्षण लिएका छन् । उनले भारतीय सिनेमाका लागि प्रयास गरिरहेका छन् र उनले दक्षिण भारतीय सिनेमासँगै बलिउडबाट पनि राम्रो प्रतिक्रिया पाएको बताइन्छ । उनी बलिउडका धेरै सेलीब्रेटीहरुको बसोबास रहेको मुम्बईस्थित अँन्धेरीमा बस्छन् ।

बलिउड र दक्षिण भारतीय सिनेमामा डिमाण्ड भएपनि विराजले छोरालाई नेपाली सिनेमाबाटै डेब्यू गराउने चाहना भएकाले ‘१२ गाउँ’ बनाउन लागेका हुन् । पूर्णतया नेपाली भाषामा बन्ने यो सिनेमा अन्य भाषामा डब हुने सम्भावना पनि रहेको छ । सिनेमामा सन्तोष सरकारको कथा तथा पटकथा रहनेछ ।

सिनेमाका लागि अर्जुन पोखरेलले संगीत तयार गरिरहेका छन् । यी गीतहरुमा बलिउड गायक/गायिकाहरुको स्वर रहनेछ । सिनेमामा उच्चस्तरको एक्सन पस्किने तयारीमा विराज रहेका छन् ।