‘ईश्वर’को बिन्दबासिनी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त

‘ईश्वर’को बिन्दबासिनी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘ईश्वर’को पोखरास्थित बिन्दबासिनी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको छ । शनिबार बिहान गरिएको मुहूर्तमा निर्देशक गिरीसहित अभिनेता पृथ्वीराज प्रसाई लगायतको उपस्थित थिए ।

कास्की जिल्लामा छायांकन गरिने सिनेमामा माओत्से गुरुङलाई पनि मुख्य भूमिकामा अनुबिन्धत गरिएको छ । सिनेमामा यसअघि नै सुनिल थापा, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, सविन बास्तोला र गीता अधिकारीको पनि अभिनय रहने पक्का भैसकेको थियो ।

लक्ष्मी कुँवर थापाको प्रस्तुति रहेको सिनेमा आगामी माघ २८ गतेबाट छायांकन सुरु गर्न लागिएको छ । सिनेमा सामाजिक विषयवस्तुमा निर्माण हुने निर्देशक गिरी बताउँछन् । सिनेमामा निर्देशक गिरीको कथा तथा भोजराज देवकोटाको पटकथा एवंम् संवाद लेखन रहेको छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा हरिबहादुर थापा र शंकर गिरी छन् । सिनेमामा राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।