‘खुश्मा’ निर्माण घोषणा, धिरज र उपासनाले कस्ने भए जोडी

‘खुश्मा’ निर्माण घोषणा, धिरज र उपासनाले कस्ने भए जोडी

सिनेमालाई अशोक थापा मगरले निर्देशन गर्नेछन् । थापा विभिन्न ९ वटा अन्तरर्राष्ट्रिय सिनेमा महोत्सवमा पुरस्कृत भइसकेका छन् ।

द सिनेमा टाइम्स
350
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘खुश्मा’ निर्माणको घोषणा भएको छ । माघे संक्रान्तिको अवसर पारेर सिनेमाको घोषणा गरिएको हो।

सिनेमामा धिरज मगर र उपासना सिंह ठकुरी प्रमुख भूमिकामा हुनेछन् । यो उनीहरुको पहिलो सहकार्य हो । सिनेमालाई अशोक थापा मगरले निर्देशन गर्नेछन् । थापा विभिन्न ९ वटा अन्तरर्राष्ट्रिय सिनेमा महोत्सवमा पुरस्कृत भइसकेका छन् ।

दुई वटा सुटिङ तालिकामा खिचिने सिनेमाका निर्माता बेताने मगर, चन्द्र भट्टचन, मोहन राई  र सुस्मिता बुढाथोकी हुन् । ‘खुश्मा’मा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायाँकार रहनेछन् ।

सिनेमामा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ । सिनेमालाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।