ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’को पोस्टर सार्वजनिक

ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघे संक्रान्तिको अवसर पारेर ज्ञानेन्द्र देउजा निर्देशित सिनेमा ‘उपहार’को सोमबार चारवटा पोस्टर सार्वजनिक गरिएको छ । कलाकारको चरित्र चित्रण गरिएको एउटा पोस्टरमा अभिनेत्री रेखा थापा चियावालीको रुपमा चित्रित छिन् । रेखाको जोडी अभिनेता मुकुन भुषालसँग बाँधिएको छ ।

दोस्रोमा अभिनेत्री बेनिशा हमाल वकिलको गेटअपमा प्रस्तुत छिन् भने अर्को पोस्टरमा उनी तेज गिरीसँग बेहुलीको पहिरनमा देखिएकी छन् । अभिनेत्री पूजा शर्मालाई भने चारवटै पोस्टरमा खुसी मुद्रामा देख्न सकिन्छ । सिनेमामा उनको जोडी डेव्यु अभिनेता समर्पण जंग कार्की हुन् । निर्मल शर्मा, राजाराम पौडेल, किरण केसी र शिशिर राणालाई पनि पोस्टरमा स्थान दिइएको छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमामा सुष्मा कार्की, अंशु महर्जन र आशा भुषाल लगायतको अभिनय छ । रेखा थापा प्रस्तुतकर्ता रहेको सिनेमामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्मातामा छन् । सिनेमाको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।

सिनेमामा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत लेखन, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।  रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले सिनेमालाई वितरण गर्दैछन् ।