‘रङ्गेली’को इन्ट्रो टिजर : दयाहाङ, अर्पण र मिरुनाको फरक अवतार

‘रङ्गेली’को इन्ट्रो टिजर : दयाहाङ, अर्पण र मिरुनाको फरक अवतार

द सिनेमा टाइम्स
343
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरलाई अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘रङ्गेली’को इन्ट्रो टिजर सार्वजनिक गरिएको छ । सिनेमाको सार तथा पात्र परिचय बुझाउने यो टिजरमा अभिनेता द्वय दयाहाङ र अर्पणलाई दुश्मनको रूपमा चित्रण गरिएको छ । अभिनेत्री मिरुनालाई शान्त स्वभावमा थारु युवतीको रूपमा देखाईएको छ ।

आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने सिनेमालाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । सुवेदी नै सिनेमाका लेखक हुन् । ‘रङ्गेली’मा प्रवीण खतिवडा, रमेश बुढाथोकी र रबीन बोगटी लगायतको मुख्य भूमिका रहेको छ । सिनेमाका गीतमा हर्क साउँद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ ।

सिनेमाका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ अनि युवक कार्की र शिव शंकर चौलागाई सह-निर्माता छन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छांयाकार सुशन प्रजापति हुन् ।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने सिनेमा नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज गरिनेछ । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।