सिनेमा ‘म्याउँ’ घोषणा, अनुप र उत्तमको प्रमुख भूमिका

सिनेमा ‘म्याउँ’ घोषणा, अनुप र उत्तमको प्रमुख भूमिका

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने नेपाली सिनेमा  ‘म्याउँ’ बन्ने भएको छ । माघे सक्रान्तीको अवसर पार्दै यसको प्रथम भाग घोषणा गरिएको छ ।

अनुपको लागि महत्त्वाकाङ्क्षी तथा उत्तमको कम ब्याक रहने यो सिनेमा लाई लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ । जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने यस सिनेमामा प्रमुख भूमिकाको लागि अभिनेत्रीको भने टुङ्गो नलागेको निर्देशक रायले बताए ।

मानसिक रूपमा विक्षिप्त अवस्थाको ‘साइको किलर’, जसको आफ्नै समस्याग्रस्त अतीत छ । उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा यो चलचित्र बन्न लागेको रायले बताए । उनले यस चलचित्रमा ‘ट्विस्ट एन्ड टर्न’को भरपुर प्रयोग गरी शानदार अनुभव दिलाउन कुनै कसर बाँकी नराख्ने बताए ।

दक्षिण भारतीय सिनेमाकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने ‘म्याउँ’मा लक्ष्मण सुनारले एशोसियट निर्देशन तथा सम्पादन गर्नेछन् ।