छायांकन सुरु भएपछि ‘खजुरे ब्रो’को औपचारिक घोषणा

छायांकन सुरु भएपछि ‘खजुरे ब्रो’को औपचारिक घोषणा

द सिनेमा टाइम्स
273
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुरज सुनुवारको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ । सोमबार माघे संक्रान्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रमका बीच निर्माण टिमले  सिनेमाको घोषणा गरेको हो ।

कमेडी जनराको सिनेमाको कथा निर्देशक सुनुवारले लेखेका हुन् । सिनेमा धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’को नाम र क्यारेक्टरमा निर्माण गर्न लागिएको फिक्सन सिनेमा रहेको उनले बताए । सिनेमामा रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ ।

आफ्नो डेब्यु सिनेमा ‘खजुरे ब्रो’को कथा र सम्पूर्ण टिम मन परेको कारण आफुले काम गरेको र राम्रो सिनेमा बन्नेमा ढुक्क रहेको अभिनेत्री नीति शाहले बताइन् । सिनेमाको घाषणा कार्यक्रममा पहिलो पटक शिर्ष भुमिकामा काम गरिरहेका रेयर राईले टाइटल रोलमा काम गर्न पाउँदा निकै नै हर्षित भएको र च्यालेन्ज पनि थपिएको बताए ।

कमेडी जनरामा पहिलो पटक काम गर्न लागेकोमा उत्साहित रहेको अभिनेता महेश त्रिपाठीले बताए । नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको सिनेमाका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायांकन गर्ने सिनेमाको छायांकन सुरु भइसकेको छ । केहि दिनको काठमाडौंको छायांकन सकेर मंगलबार निर्माण टिम धरान प्रस्थान गर्नेछ ।

दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिले निर्माणमा सहकार्य गरेका छन् । सिनेमाको सह-निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । अनमोल गुरुङको संगीत रहने सिनेमा इटहरी, धरान र दार्जिलिङमा पनि छायांकन हुनेछ । दर्शकको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उद्देश्यका साथ सिनेमा निर्माण गर्न लागेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए ।