शंकर कोइरालाको निर्देशनमा ‘मोदीबेनी’ घोषणा, माघ अन्तिमबाट छायांकन

शंकर कोइरालाको निर्देशनमा ‘मोदीबेनी’ घोषणा, माघ अन्तिमबाट छायांकन

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघे संक्रान्तिको अवसर पारेर सिनेमा ‘मोदीबेनी’ घोषणा गरिएको छ । सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको सिनेमालाई शंकर कोइरालाले निर्देशन गर्नेछन् । उनले वर्षौंदेखि सिनेमा, म्यूजिक भिडियो, विज्ञापन, वृत्तचित्र, वेब सिरिज आदिको सम्पादन गर्दै आइरहेका छन् ।

करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरेर पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथामा सिनेमा निर्माण हसने बताइएको छ । सिनेमामा दीलिप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्मातामा रहेका छन् । आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको सिनेमा माघ अन्तिमबाट छायांकनमा जानेछ । दुई चरणमा छायांकन गर्न लागिएको सिनेमा डिनेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनेछ ।

निर्माण टिमले सिनेमाका कलाकारहरू बारेमा भने जानकारी गराइएको छैन । सिनेमामा चर्चित कलाकारहरू रहने र केही दिनमा सार्वजनिक गरिने जानकारी निर्देशकले दिए । केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको जनाईएको छ । सिनेमामा निर्माता दीलिप केसीको पनि अभिनय रहनेछ । सिनेमाको पहिलो चरण काभ्रेमा र दोस्रो चरण मोदीबेनी क्षेत्रमा छायांकन गरिनेछ ।