‘अगस्त्य : च्याप्टर १’ बाट नाजिर हुसेनको लुक्स सार्वजनिक

‘अगस्त्य : च्याप्टर १’ बाट नाजिर हुसेनको लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘अगस्त्य : च्याप्टर १’ बाट अभिनेता नाजिर हुसेनको लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमका अनुसार उनी सिनेमाको सुरुवातदेखि अन्तिमसम्म पाँच फरक लुक्समा देखिने छन् ।

सौरभ चौधरीको निर्देशनमा निर्माण भएको सिनेमाबाट यसअघि अभिनेता सौगात मल्लको पात्र लुक्स पोस्टर सार्वजनिक गरिएको थियो । जसलाई दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको छ । उक्त पोस्टरले दर्शकमाझ सिनेमाप्रति उत्साह बढाउन सफल देखिन्छ ।

पोस्टर हेर्दा नाजिरले सिनेमाका लागि मेहनत गरेको बुझ्न सकिन्छ । निर्माणपक्षका अनुसार, उनले सिनेमाका लागि २० केजी तौल बढाएका थिए । सिनेमामा नाजिरलाई ‘निसान’ पात्रको भूमिकामा देख्न सकिन्छ । सिनेमामा सौगात र नाजिरका अलवा मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको सिनेमामा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । सिनेमाका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।