‘लाउरे एण्ड दाउरे’मा विजय अनि ‘मायाका रंगहरु’मा बुद्धि र सुनिल अनुबन्धित

‘लाउरे एण्ड दाउरे’मा विजय अनि ‘मायाका रंगहरु’मा बुद्धि र सुनिल अनुबन्धित

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय सिनेमा ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् । निर्माण टिमले बुधबार उनीसँगको सम्झौता र अर्को एउटा विजयको फरक लुक्सको तस्वीर सार्वजनिक गर्दै सिनेमामा उनी फाइनल भएको जानकारी दिएको हो ।

विल्सनका अनुसार विजय यो सिनेमामा अहिलेसम्मकै फरक भुमिकामा देखिने छन् । सिनेमाको मुख्य भुमिकामा उनले यसअधि नै मुख्य भुमिकामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । सिनेमामा अभिनय गर्ने मुख्य अभिनेत्रीको केही समयमा टुङगो लाग्ने निर्माण टिमले जानकारी दिएको छ ।

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको सिनेमाको लेखन विल्सन स्वयमले गर्नेछन् । तक्मे प्रोडक्सनले ‘लाहुरे एण्ड दाउरे’को निर्माण गर्नेछ । सिनेमाको निर्मातामा सरिना लामा छिन् । साउन वा भदौमा छायांकन तयारी रहेको सिनेमामा संगीत अनमोल गुरुङले भर्नेछन् ।

‘मायाका रंगहरु’मा सुनिल थापा र बुद्धि तामाङ

अभिनेता पल शाह र कुन्दन भारद्धारको मुख्य भुमिका रहने इन्डो नेपाली सिनेमा ‘मायाका रंगहरु’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय सिनेमाको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ ।

प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन भारतको दार्जिलिङ, इलाम र काठमाडौंमा पनि गरिनेछ । पुनम तामाङ प्रस्तुतकर्ता रहको सिनेमाको निर्माता आरबी थाङदेन हुन् । सिनेमामा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

सिनेमाका सह-निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।