‘पूजार सार्की’को गीतमा पकाश सपुत र शान्तिश्रीको स्वर

‘पूजार सार्की’को गीतमा पकाश सपुत र शान्तिश्रीको स्वर

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने सिनेमा ‘पूजार सार्की’को गीत रेकडिङ्ग गरिएको छ । शनिबार निर्देशक राउले निर्माता सुवास भुषाल र प्रकास सपुतसँगको एक तस्वीर राख्दै सिनेमाको गीत रेकडिङ्ग गरिएको जानकारी दिएका हुन् ।

र्हक साउदको शब्द रचना रहेको गीतमा निर्माता भुषालको संगीत अनि प्रकाश सपुत र शान्तिश्री परियाको स्वर समावेश गरिएको छ । निर्देशक राउतले गीतको शीर्षक भने खुलाएका छैनन् । लोक शैलीमा तयार भैरहेको गीतमा हेमन्त कान्छा रसाइलीको एरेञ्ज रहेको छ ।

सिनेमामा अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराईली र परिक्षा लिम्बुको मुख्य भुमिका रहनेछ । अभिनेत्री बराईलीले ‘महापुरुष’ र परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन । दर्शकको रोजाइका तीन स्टारलाई एकसाथ पर्दामा हेर्न पाउँदाको अनुभव स्मरणीय हुने अपेक्षा निर्माण टिमको छ ।

माघको मध्यबाट छायांन सुरु हुने सिनेमालाई विकास सुवेदीले लेखेका हुन् । एक दर्जा सिनेमामा संगीत भरेका सुवास भुसालले पहिलो पटक सिनेमा निर्माण गर्दैछन् । उनले संगीत भरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ र ‘जिन्दगीको के छ र भर’ हुन् । ‘पूजार सार्की’ किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।