फागुन ४ मा ‘जिग्री’, तीन फरक पोस्टर सार्वजनिक

फागुन ४ मा ‘जिग्री’, तीन फरक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमा ‘जिग्री’को तीन फरक पोस्टर सार्वजनिक गरिएका छन् । निर्माण टिमले सिनेमाको सार्वजनिक पोस्टरमा एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राखेको छ ।

सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको सिनेमामा कमेडी, क्राइम, एक्सन ड्रामाको मिश्रण रहेको छ । सिनेमालाई आकाश मगरले निर्देशन गरेका हुन् । सिनेमाले काठमाडौंमा अनेकन महत्त्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई केटाको कथा भन्ने छ । ती युवाहरूले महंगी र अभावमा पिल्सँदै काठमाडौंमा टिकेर बस्नका लागि गरेको संघर्ष सिनेमामा देखाइएको छ ।

सिनेमामा अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ ।

सिनेमाले अहिलेको समयमा आम नेपाली युवाको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनालाई जिग्रीले कमेडी, क्राइम र एक्सन शैलीमा प्रस्तुत गरिएको छ । सिनेमाका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ हुन् ।

सिनेमामा छायांन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, संगीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । सिनेमाको वितरण सुस्केरा आट्र्सले नै गर्नेछ ।