‘अगस्त्य : च्याप्टर वान’बाट मलिका महतको लुक्स सार्वजनिक

‘अगस्त्य : च्याप्टर वान’बाट मलिका महतको लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौरभ चौधरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘अगस्त्य : च्याप्टर वान’बाट अभिनेत्री मलिका महतको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री मलिका महतलाई चाँदनीको रुपमा चिनाउँदै पोस्टर सार्वजनिक गरिएको हो ।

सोमबार सार्वजनिक दुईवटा क्यारेक्टर पोस्टरमा मलिका साधारण र हँसमुख युवतीको रुपमा चित्रित छिन् । एक पोस्टरमा उनी अभिनेता सौगात मल्लसँग रोमान्टिक भावमा देखिएकी छन् । यसले सिनेमामा उनीहरुको जोडी बाँधिएको संकेत गर्छ ।

सौगातको भने यसअघि नै क्यारेक्टर पोस्टर सार्वजनिक भैसकेको छ, जसमा उनी दुई फरक अवस्थामा देखिएका छन् । मानसिक सन्तुलन गुमेको चरित्रमा उनको लुक्सले सिनेमाप्रति दर्शकमा कौतुहल्ता बढाएको छ । निर्देशक चौधरीले यसअघि उनले सिनेमा ‘लभ डायरीज’को निर्देशन गरेका थिए ।

निर्देशक चौधरी स्वयंको लेखन रहेको सिनेमामा नाजिर हुसेन, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतको पनि अभिनय छ भने अभिनेता निश्चल बस्नेत केमियो भूमिकामा देखिँदैछन् । आगामी फागुन १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमामा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।