‘हात्तीछाप’को ट्रेलर सार्वजनिक

‘हात्तीछाप’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माघको २६ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । सिमोस सुनुवारले निर्देशन गरेको सिनेमाको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ ।

प्रदीप भारद्धाजको लेखनमा तयार भएको सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, देव महर्जनको एक्सन, आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । पुष्कर गुरुङ, अमला देवी राई र जय श्रेष्ठ निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।

सिनेमा को ट्रेलरमा भुकम्पको कथादेखि राजनीतिक कथालाई समेत जोडिएको छ । निरन्तर रुपमा सुस्ताएको नेपाली सिनेमाको बजार यो सिनेमाले गर्माउने निर्माता किरण नेपालीको विश्वास छ । सिनेमाम  दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

यो सिनेमाका प्रस्तुतकर्ता किरणले दया, सौगात र उपासनालाई नै लिएर सिनेमा ‘२ नम्बरी’ बनाएका थिए । जुन, बक्स अफिसमा हिट भएको थियो । सिनेमाका प्रोडक्शन हेड सुरज आचार्य हुन् । रेड बर्ड प्रोडक्शनको व्यानरमा यो सिनेमा निर्माण भएको हो ।