फागुन ३ बाट ‘कमेडी च्याम्यिन सिजन ३’को प्रसारण

फागुन ३ बाट ‘कमेडी च्याम्यिन सिजन ३’को प्रसारण

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – थ्रि प्रोडक्सनले निर्माण गरेको रियालिटी शो ‘कमेडी च्याम्यिन सिजन ३’को प्रसारण आगामी फागुन ३ गतेबाट सुरु हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो शोको प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने जानकारी गराइएको हो ।

शोका निर्देशक बिशाल भण्डारीले एडी रिलिजसँगको सहकार्यमा नेपालको मौलिक रियालिटी शोको तेस्रो सिजन ल्याउन लागेको बताए । कोरोनाका कारण बजार फस्टाउन नसकेको भन्दै पहिलो र दोस्रो सिजन प्रसारण भएको लामो समय पश्चात तेस्रो सिजन ल्याउन लागेको उल्लेख गरेका छन् ।

तेस्रो सिजनको डिजिटल अडिसन दिएका हजारौं प्रतिस्प्रर्धीबाट १३२ जना छानिएको र त्यसबाट ७६ जना प्रिअडिसन राउण्डमा सहभागी भएका थिए । त्यसमध्ये अडिसन राउण्डमा ५५ जना छानिएको हुन् । अडिसन राउण्डबाट सुपर ३० छानिने छन्, भने त्यसपछि १६ जना सुपर १६ मा पुग्ने जानकारी बुधबार आयोजि पत्रकार सम्मेलनमा दिइयो ।

यसअघिका दुई सिजनमा भने सुपर २४ र सुपर १५ छानिने गरेका थिए । यसपटक प्रतिभावान प्रतिस्प्रर्धीको सहभागीता धेरै भएकाले नियममा अलिकति परिवर्तन गरिएको निर्देशक भण्डारीले बताए । यो शोको जजमा भने पहिलो र दोस्रो सिजनका निर्णायक सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई नै दोहोरिएका छन् ।

यो शोको होस्ट अभिनेत्री रीमा विश्वकर्मा र मेक्सम गौडेलले गर्नेछन् । कमेडी च्याम्पियनको निर्माता निर्देशक भण्डारी, होस्ट रीमा र अभिनेत्री केकी अधिकार र सगुन पाण्डे लगायत छन् । यो रियालिटी शोको भोटिङ पाटर्नर खल्ती एप रहेको छ । बुधबार आयोजि पत्रकार सम्मेलनमा प्रायोजक, प्रसारक च्यानल, डिजिटल पाटर्नरसँग सम्झौता समेत गरिएको थियो ।

पत्रकार सम्मेलनमा कान्तिपुर टिभीका प्रोडक्सन हेड सुरज सिंह ठकुरीले टेलिभिजनमा सेन्सरसिपको विषयमा बोलेका थिए । कसैलाई आक्षेप लाग्ने खालका कमेडीलाई सेन्सर गरिने उनले बताएका थिए । यो शो हरेक साता बिहीबार र शुक्रबार राति ९ देखि साढे १० बजेसम्म प्रसारण हुने हुनेछ । सिजन १ को विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजनका विजेता भरतमणि पौडेल हुन् । यो शो ग्राण्ड फिनालेसहित ३३ एपिसोड प्रसारण गरिनेछ ।