‘मोदीबेनी’बाट रेजिनाको कमब्याक र अमर प्रताप श्रेष्ठको डेब्यू

‘मोदीबेनी’बाट रेजिनाको कमब्याक र अमर प्रताप श्रेष्ठको डेब्यू

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शंकर कोइरालाको निर्देशनमा निर्माण हुने सिनेमा ‘मोदीबेनी’बाट अभिनेत्री रेजिना उप्रेतीले ९ वर्षपछि कमब्याक गर्ने भएकी छन् । पछिल्लो पटक सिनेमा ‘बरदान’मा मुख्य भूमिकामा देखिएकी उनी कलाकार संघमा दुई कार्यकाल उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष थिइन् ।

यस्तै, ‘मोदीबेनी’बाट अभिनेताको रुपमा अमर प्रताप श्रेष्ठले डेब्यू गर्ने भएका छन् । केही विज्ञापन र ‘प्रितको रित’ वेब सिरिजमा काम गरिसकेका उनले ओजस थिएटर एण्ड सिनेमा स्टुडियोमा दुईवटा नाटकमा समेत अभिनय गरेका छन् । सिनेमामा अमरको जोडी भने केकी अधिकारीसँग बाँधिन सक्नेछ । केकी सिनेमामा काम गर्न सकारात्मक भए पनि कागजी सम्झौता भइसकेको छैन ।

यतिबेला कार्यशालामा रहेको सिनेमामा सरोज खनाल, कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, दीलीप केसी, स्नेह भट्टराई, अनामिका लामिछाने, लाबिस लगायतको पनि अभिनय रहनेछ । अन्य कलाकार अडिसनबाट छनोट गरिने निर्देशक कोइरालाले बताए । सिनेमामा रेजिनाले आमाको भूमिका निर्वाह गर्नेछिन् । उनको जोडी दीलिप केसीसँग बाँधिनेछ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘मोदीबेनी’मा आनन्द बिक्रम क्षेत्रीको लेखन छ भने दीलिप केसी निर्माता र हरि श्रेष्ठ सह-निर्मातामा छन् । करिब पैँतिस-चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने सिनेमाले पर्वत जिल्लाको धार्मिक क्षेत्र मोदीबेनीको कथा भन्नेछ । सिनेमालाई उत्सव दाहालले छायांकन गर्नेछन् । सिनेमाको माघ १६ गतेदेखि छायांकन हुनेछ ।