माइकल चन्दको डेव्यु निर्देशनमा ‘राम नाम सत्य’ निर्माण घोषणा

माइकल चन्दको डेव्यु निर्देशनमा ‘राम नाम सत्य’ निर्माण घोषणा

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौं – म्यूजिक भिडियो निर्देशक माइकल चन्दले सिनेमा निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको निर्देशनमा निर्माण हुने सिनेमाको नाम ‘राम नाम सत्य’ राखिएको हो ।

श्री स्वस्थानी व्रतकथा प्रारम्भको अवसर पारेर बिहीबार थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको सिनेमाको निर्मातामा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवाल छन् । सिनेमाका लागि कलाकार छनोटको प्रक्रिया भइरहेको चन्दले बताए ।

सार्वजनिक थिम पोस्टरमा एउटा ठूलो घन्टी र बञ्चरोलाई देखाइएको छ भने आकृतिमा एक पुरुष दौडिरहेको देखिन्छ । पृष्ठभूमिमा मन्दिरलाई पनि चित्रित गरिएको छ । डार्क शैलीको पोस्टरले सिनेमा बदलाको कथामा बन्ने संकेत गर्छ । सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बन्न लागेको सिनेमाको कथा पनि चन्द स्वयंको हो । यतिबेला सिनेमाको कथा लेखन र संगीतको काम भइरहेको निर्देशक चन्दले जानकारी गराए ।

दर्जनौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका चन्द आउँदो बैशाखपछि सिनेमाको छायांकन सुरु गर्ने तयारीमा छन् । उनले भने, ‘सिनेमा निर्देशन गरेर यो क्षेत्रलाई केही योगदान गरौं भन्ने सोच मेरो पहिलेदेखि नै थियो । यसैले अहिलेको समसामयिक विषयवस्तुमा केही फरक कथा भन्न लागेको हुँ ।’