‘जिग्री’को टिजर सार्वजनिक

‘जिग्री’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जिग्री’को टिजर सार्वजनिक गरिएको छ । अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेका सिनेमाको करिब १ मिनेट लामो टिजरमा दुई युवाले भोग्नु पर्ने उल्झनलाई प्रस्तुत गरिएको छ ।

सिनेमाको सार्वजनिक टिजरमा मुख्य पात्रका अलावा सुशील राज पाण्डे र पशुपति राईलाई पनि देखाइएको छ । ‘जिग्री’मा कमेडी, क्राइम र एक्सन ड्रामाको मिश्रण रहेको छ । सिनेमालाई आकाश मगरले निर्देशन गरेका हुन । सिनेमामा सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे र मनिष व्याञ्जु लगायतको अभिनय रहेको छ ।

सिनेमा ‘जिग्री’ वर्तमान समयको आम नेपाली युवाहरूको कथा हो । ती युवाहरूले महंगी र अभावमा पिल्सँदै काठमाडौंमा बस्नका लागि गरेको संघर्षमा निर्माण भएको छ । सिनेमामा प्रोडक्सन डिजाइन आकी थेक्पा, संगीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राज भण्डारीको रहेको छ ।

सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको सिनेमाका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । छायांकन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्यको रहने सिनेमालाई वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।