‘खजुरे ब्रो’मा धरानका मेयर हर्क साम्पाङको अभिनय

‘खजुरे ब्रो’मा धरानका मेयर हर्क साम्पाङको अभिनय

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको अभिनय सिनेमामा देख्न पाइने भएको छ । सिनेमा ‘खजुरे ब्रो’मा उनले अभिनय गरेका छन् । शनिबार उनको झण्डै एक मिनेट लामो दृश्यको छायांकन गरिएको छ ।

सिनेमामा साम्पाङ धरानकै मेयरको भूमिकामा देखिनेछन् । धरानको एक पात्रमा आधारित भएर सिनेमा बनेकाले उनलाई अभिनय गराइएको हो । कार्यकारी निर्माता डायमण्ड उप्रेती भन्छन्, ‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको भूमिका अवश्य रहन्छ । सिनेमामा मेयर साम्पाङ विशेष भूमिकामा देखिनु हुनेछ ।’

लाइट कमेडी विधामा आधारित सिनेमामा नीति शाह, रेयर राई, महेश त्रिपाठी, नविन मानन्धर, प्रकाश भुजेल, सुष्मा निरौला, पुस्कर कार्की, विनिता थापा मगर, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतको अभिनय छ । यो नीतिको डेब्यू सिनेमा हो । शिशिर बिसंखेको छायांकन रहेको ‘खजुरे ब्रो’का निर्देशक सुरज सुनुवार हुन् । उनले यसअघि सिनेमा ‘षडङ्ग’ निर्देशन गरेका थिए ।