उर्गेन र मेचुको संगीतमा ‘मायाका रंगहरु’को गीत रेकर्ड

उर्गेन र मेचुको संगीतमा ‘मायाका रंगहरु’को गीत रेकर्ड

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘मायाका रंगहरु’को २ गीत शुक्रबार रेकर्ड गरिएका छन् । दुई मध्ये एक गीतमा गायिका मेचु धिमालको शब्द, संगीत तथा स्वर रहेको छ । यो गीतमा उनलाई गायनमा नोगेन हारुसारुम्बा लिम्बुले साथ दिएका छन् ।

शुक्रबार नै रेकर्ड गरिएको अर्को गीतमा उर्गेन दोङको शब्द, संगीत र स्वर छ । यो गीतको गायनमा उनलाई द भ्वाइस अफ नेपाल सिजन ५ की मोनिका राईले साथ दिएकी हुन् । सिनेमामा अभिनेता पल शाह र कुन्दन भारद्धाज, सुनिल थापा र बुद्धि तामाङ मुख्य भुमिका अनुबन्धित भैसकेका छन् ।

केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय सिनेमाको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ । अहिलेसम्म सिनेमामा अभिनय गर्ने मुख्य अभिनेत्री टुङ्गो भने लागि सकेको छैन् । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन भारतको दार्जिलिङ, इलाम र काठमाडौंमा पनि गरिनेछ ।

पुनम तामाङ प्रस्तुतकर्ता रहको सिनेमाको निर्माता आरबी थाङदेन हुन् । सिनेमामा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

सिनेमाका सह-निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । सिनेमाको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् ।